लामेआहालको गुरुकुल संस्कृत विद्यालयलाई रानीपौवा महिला समूहको खाद्यान्न सहयोग
पाेखरा | फागुन २, २०८१
पोखरा: सामाजिक कार्यमा क्रियाशिल रानीपौवा महिला समूह (पोखरा ११) ले पोखरा महानगरपालिका ३२ स्थित लामेआहालको राधाकृष्ण गुरुकुल संस्कृति विद्यालयलाई खाद्यान्नका समाग्री सहयोग गरेको छ ।
महिला समूहकी अध्यक्ष बेबी श्रेष्ठको सक्रियतामा स्वस्थानी पूर्णिमाको अवसरमा राधाकृष्ण मन्दिर शान्ति आश्रमद्वारा सञ्चालित गुरुकुल संस्कृत विद्यालयमा अध्यनरत बटुक (विद्यार्थी) संत महन्त तथा तिर्थयात्रीहरुका लागि करिब २२ हजार बराबरको खाद्यान्न समाग्री सहयोग गरेको हो ।
चामल, दाल, चिनी, नुन, तेल लगायतका उक्त सहयोग समाग्री महिला समूहकी सचिव लिलादेवी पौडेल शर्मा, कोषाध्यक्ष झलक अधिकारी, कार्यसमति सदस्यहरुले गुरुकुलका अध्यक्ष नगेन्द्र प्रसाद रेग्मी, सचिव घनश्याम खनाललाई हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै महिला समूहकी सचिव लिलादेवी पौडेल शर्माले विगतमा पनि विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सहयोग गर्दै आएको स्मरण गराइन् ।
उनले स्वस्थानी पूर्णिमाको अवसरमा गुरुकुल विद्यालयलाई सहायोग प्रदान गर्न पाउँदा निकै खुशी लागेको बताइन् ।
‘हामीले समय समयमा विभिन्न संस्था र असहाय व्यक्तिहरुलाई जति सक्दो सहयोग प्रदान गर्दै आएका छौं, उनले भनिन्, ‘आज स्वस्थानी पुर्णिमाको अवसर पारेर यहाँ आएका छौं । यो सहयोग यथेष्ट नभएपनि यहाँहरुसँग हामी जोडिन पाउँदा खुशी छौ ।’
सचिव पौडेलले आगामी दिनमासमेत सामाजिक कार्यलाई निरन्तरता दिइरहने उल्लेख गरिन् ।
यस्तै गुरुकुल विद्यालयका गुरु दामोदर गौतमले बेद अध्ययनरत विद्यार्थीहरुलाई गरेको अन्नदानले पुण्य प्राप्त हुने धारणा राखे ।

विद्यालयका अध्यक्ष नगेन्द्र प्रसाद रेग्मीले रानीपौवा महिला समूहलाई सहयोगका लागि आभार व्यक्त गरे । उनले उक्त विद्यालय सञ्चालनका लागि रानीपौवा महिला समूहको सहयोगले थप टेवा पुग्ने बताए ।
‘सहयोग आफैमा ठुलो हुन्छ । कति सहयोग भयो भन्दापनि सहयोग भयो या भएन भन्ने कुरा ठुलो हो, अध्यक्ष रेग्मीले भने, ‘त्यसैले यहाँहरुको यो सहयोगका लागि हामी विद्यालय परिवार धेरै धेरै आभारी छौ ।’
उनले आर्थिक स्रोतको अभावका कारण विद्यालय सञ्चालनमा कठिनाई भएको बताउदै आगामी दिनमा पनि सहकार्य हुने विश्वास व्यक्त गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

